Monday, July 27, 2015

टर्चर लव

आफ्नै घृणाले एकपलमा लाखौ पटक मारिरहेको थियो । प्रश्नहरुले एकपछि अर्को गरी प्रहार गरिरहेका थिए, आखिर मैले यस्तो किन गरे ? आँशु थामिएको थिएन । बेसुरमा छटपटाइरहेको मेरो ज्यानले मुक्ति खोजिरहेको थियो । विश्वासले मानिसलाई खाली बनाउँदो रहेछ । आफुलाई भन्दा बढी माया गरेको थिए । तर सबै अर्थहिन बनिसकेका थिए । उनको तस्बिर आँखाभरि आइरहेको थियो । 

जब कोही मृत्युको नजिक हुन्छ उसले आफुलाई सबैभन्दा बढी माया गर्ने र सधै मिस गरिरहेको मान्छेको रुप देख्छ । मेरो आँखामा उनका तस्बिरहरु आइरहेका थिए । उनले मलाई बोलाइ रहेकी थिइन् । आउँ मसँगै आउँ भनिरहेकी थिइन् । उनी मेरो आखाँ अगाडि यताउति गरिरहेकी थिइन् । 

पढाइ सकिन केही महिनामात्र बाँकी रहेको थियो । देशभर पेट्रोलियम पदार्थको अभाब थियो । बाटोमा खासै धेरै सवारीसाधानहरु गुड्दैन्थे। कलेज पुग्नका लागि १३ किलोमिटरको यात्रा तय गर्नु पथ्र्यो । कहिलेकाही साथीहरु भेटिए भने उनीहरुको मोटरसाइकलमा जान रमाइलो नै हुन्थ्यो । नत्र कि बसमा झुण्डिएर कि छतमा बसेर जानुको विकल्प बाहेक अरु थिएन । आउँदा पनि उही हालत । 

देशको अवस्था आन्दोलन पश्चात झन् बिग्रदो अवस्थामा रहेको थियो । जनताले आन्दोलन पश्चात झन् सास्थी पाउन थालेका थिए । धन्न आज मेरो भाग्य बलियो रहेछ । आकाश (क्लासमेट) भेटियो । उसँग बाइकमा जोकाही बस्न मान्दैन्थे । उसलाई बाइक स्पिड नहाकि मोटरसाइकल चलाएको जस्तै हुदैन्थ्यो । तर मान्छे मनको सफा थियो । 

कलेजका लागि हिड्र्यौ । बाटोमा जाँदै थियौ एउटा स्कुटरले पछाडिबाट हान्यो । हामी चढेको बाइक पल्टियो । स्कुटर चलाउने बाइक चलाउन आउँदैन भन्दै गाली गरेर अगाडि बढी । उसले आफ्नो अनुहार स्कार्फले छोपेकी थिइ । तर अवाज भने मास्टनको पानीभन्दा पनि रसिलो थियो । उनको आखाँमा आखाँ मिलाउने प्रयास मैले नगरेको होइन तर उनी त्यहाँबाट आफ्नो बाटो तताइहालिन् । 

उता आकाश भने रिसले बौलाउन थालेको थियो । राडी कि छोरी तेस्को बाउले सिकाएको होर मलाई बाइक चलाउन नआउने । आफ्ै स्पिड कन्ट्रोल गर्न नसकेर ठोक्छे उल्टै मेरो दोष देखाएर पो गइत । मैलै किन कराएको त्यो केटी कहाँ पुगिसकी अब त्यसलाई सरापेर बस । उठ छिटो । क्लास सुरु भइसक्यो होला । तर उसको रिस भने मोरेको थिएन । त्यसको स्कुटरको नम्बर नोट गरेर बसेको रहेछ । 

त्यसको स्कुटरको नम्बर थाहा छ मलाई भोलि यही बाटो आउँली नि देखाइदिन्छु बाइक कसरी चलाउने भनेर । बरबराउनुको हद हुन्छ नि सकियो के नकरा धेरै हिड छिटो । लडेको बाइक उठाएर यताउति हेर्यो । साइडलाइट फुटेको रहेछ । टंकीमा अलिकति स्क्रयाच । किन नरिसाओस कति दुख गरेर किनेको बाइक । बुवासँग बाइक किन्नका लागि एक महिनासम्म एक छाक खाएर घुर्की लाउँदाको पिडा । उसले मात्र बुझेको थियो । कलेज पुगियो तर रिस भने मरेको थिए । सायद शरिरमा चोटपटक लागेको भए माहोल अर्कै हुने थियो होला । रिसले भुनभुनिएको आकाशले क्लास पनि लिएन । 

उ भोलिको दिनको पर्खाइमा रहेको थियो । मलाई क्लास बंक गर्न जति अप्ठेरो काम केही लाग्थेन । क्लासमा खासै पढाइ पनि हुन्थेन । अन्तिम वर्ष भएर होला सबै आफ्नो प्रोजेक्टमा व्यस्त रहेका थिए । सबैले फिल्ड रिर्पोटिङका लागि तयारी गरिसकेका थिए । क्लास सकियो । 

सबैले आफ्नो प्रोपोजल फाइनल गरी काम अगाडि बढाउने मेसो थालेका थिए । मेरो र आकाशको के गर्ने कसो गर्ने कुनै टुंगो थिएन । यो साल केही हुन्छ मेरो मनले बारम्बार भनिरहन्थ्यो के हुन्छ मलाई थाहा थिएन । मन त्यसै फुरुङ थियो । थाहा छैन किन हो । बस मेरा फिलिङहरु मसँगै थिएनन् । आकाश अगिनै हिडिसकेको थियो । उसको पसल थियो बिशालबजारमा । ठीक २ बजे पसलमा नगए उसको बुबाको रिसले उसको १२ बजाउने गथ्र्यो । क्लासमा भएकी गलफ्रेण्डको पनि आज कुनै वास्था गरेन । विचरी कतिखेर आउला र कुरा गरुला भन्ने आशमा बसेकी थिइ । राधाले मलाई सोधी आज आकाशलाई के भयो नबोली गयो त । मैले जिस्काउँदै भनिदिए तिमीले माया गर्नै छोडेउ अरे त नि । राधाले रिसाउँदै भनि,“मसँग हिजो झगडा गरेको थियो अहिलेसम्म रिसाएको रहेछ । रिसाए रिसाओस् । मैले भने, तिमीहरुबिचको कुरा हो कुरा गर्र्यो त्यसको बानी कस्तो छ तिमीलाई पनि थाहा छ ।” 

राधाको गुनासो सकिएपछि म बस स्टेशनतिर लागे । बस आयो तर रोकिन नपाउँदै खचाखच । बसभित्र पाइलो हाल्ने ठाउँ थिएन । अब छतमा नबसी सुखै थिएन । म बसको छतमा गएर बसे । अरु केटाहरु पनि छतमै आए । मलाई छतमा बस्दा पुरानो फिल्ममा हिरोहरु गाउँ फर्किदा सान दिएर छतमा चढेको अनुभुति भइराखेको थियो । अलि पर गएपछि सभागृह चोक थियो । 

बस यात्रु चढाउन रोकियो । केही मानिसहरु खलासी र डाइभरसँग झगडा गर्न थाले । ठाउँ छैन तैपनि कहाँ राख्नलाई मान्छे चढाउन लागेको भन्दै । सबैलाई समयमा नै घर पुग्नुपर्ने थियो । सबैको आफ्ना आफ्ना समस्या । बस चाउथे पुग्दा पेट्रोलपम्पमा तेल हाल्ने गाडीहरुको लाम थियो ।

 बाटो छिचोल्न पनि गाडीहरुलाई हम्मे हम्मे परिरहेको थियो । मेरो नजर उही बिहान बाइक लडाउने केटीमा पर्र्यो । पेट्रोल हाल्न लाइनमा बसिरहेकी थिइन् । म उनलाई हेरिरहेको थिए । बसमा रहेको अर्को एउटा बुंगोले खराब सिटी मार्र्यो । तिनले त मलाई पो खाउँला झै गरेर हेरिन् । कसैले गरेको खराब हर्कको सिकार म भइरहेको थिए । म केही बोल्न सकिन । उनले गरेको गालीहरु मेरो कानमा बादल गर्जेभन्दा चर्को आवाजमा वर्षिरहेका थिए । मासला, कुकुर, हरामी, तेरो बाउ के के हो हो । सिटी बजाउने बुंगो माइण्ड नगर मित्र भन्दै मज्जा लिइरहेको थियो । अन्य मानिसहरुले त्यो दृश्यहरु देखिरहेका थिए ।

 तर देखेर पनि मज्जा लुटिरहेका थिए । थुक्क मलाई सब थाहा पाइ पाइ पनि चुप लागेर बसेको थिए । उनी प्रति मेरो गुनासो थिएन बरु मनमनै आनन्दको अनुभुति गरिरहेको थिए । बस बल्ल बल्ल जाम छिचोलेर अगाडि बढ्यो । आडमा रहेको अर्को दाइले त्यत्रो गाली खार्यौै किन केही नबोलेको भाइ । मैले जबाफ दिए । त्यो मेरो लागि गाली थिएन दाई त्यो हर्कत जसले गर्र्यो त्यसका लागि थियो । त्यति भनेपछि ति दाई मौन भए । विजयपुर आएपछि ति दाई ओर्लिए ल भाइ म झरे भनेर । बितेका तिन वर्षमा यो बसमा धेरै ओहोर दोहोर भएको थियो । धेरै अनुहार मलाई थियो । को कहाँबाट उक्लिन्छन् र कहाँ झर्छन् । धेरैसँग राम्रै परिचय पनि बनेको थियो । 

लेखनाथ लागेपछि खासै जाम हुन्थेन । छिट्टै नै घर पुगिन्थ्यो । नहरचोक ओर्लिए । ओर्लेकोमात्र के थिए शैलेस भेटियो । उ र म छिमेकी हौ । हामी सगै हुर्केको । पछि उसले पढ्न छोडेर बिजनेशतिर हात हालेको थियो । उसको कार्पेटको पसल राम्रै चलेको थियो । नचलोस पनि कसरी नहरचोकमा उसको मात्र पसल थियो । बाले कहिलेकाही रिसको झोकमा छिमेकीका छोराले उपति गरिसक्यो त मोराको पारा मैले कहिले बुझ्दिन । कहिले उ देखेर रिस पनि उठ्थ्यो तर मनलाई आफैले सम्झाउने गर्थे गलत सोचाइ भनेर । 

उसँग हरेक कुरा सेयर गर्थे म । उ पनि मसँग आफ्ना कुराहरु खुलस्त राख्थ्यो । हिड्दाहिड्दै नारायण भण्डारीको घर अगाडि रोकियो । ओइ के भो तलाई किन रोकिएको । उसले मेरो काम छ यहाँ घर पनि आइसक्यो त जा भन्यो । मैले कुरा बुझिहाले । रमिला आएकी रहिछ । रमिला र उसको मायापिरिम चलेको चार वर्ष भइसकेको थियो ।

 रमिला पनि उसलाई निकै माया गर्थी । शैलेसभन्दा बढी पढेकी थिई तर घमण्ड थिएन रमिलामा । मनको सफा केटी थिइ । तर घरदेखि टाढा नर्सिङ पढ्न धरान गएकी थिई । बाआमालाई पनि उनीहरुको सम्बन्धबारे थाहा थियो । रमिलाका बाबुआमा हाम्री छोरी त डाक्टरलाई दिने हो गामभरि फलाक्दै हिड्थे । यता यिनीहरुको माया झन् गाडा हुदै गइरहेको थियो । 

शैलेस धेरै नपढेको भएपनि टोलमा धनी मानीमै गनिन्थे उसको परिवार । रमिलालाई उ भेट्न गएपछि म भने घरतिर लागे । घरमा पुग्दा आमा नाङ्लोमा चामल केलाइ रहनु भएको थियो । भाइ भने अझै स्कुलबाट आएको थिएन । आमा भोक लायो के छ खाजा भन्दै म आफ्नो कोठातिर गए । 

कोठाभित्र पसेको के थिए । शैलेसका बा जंगिदै हाम्रा घर आएर कराउन थाले  । आमाले दाई के भो भनेर के सोध्नुभथ्यो बुढा झन् कराउन थाले । त्यो नारनले आफुलाई के सम्झिन्छ हँ । त्यसकी छोरीले मात्र पढेकी छ नर्स । अरु छैनन् । अर्काको छोरालाई यसरी पिट्न हुन्छ । त्यसलाई म आज बाँकी राख्दिन । यत्तिकैमा बा पनि आउनुभयो । के भो दाई के भो । नारनकी छोरीसँग लब रहिछ छोराको, त्यस्की माठास्नेले मर्नी गरेर पिटेछ है मेरो छोरोलाई । 

बा र शैलेसका बा भएर नारनको घरमा कुरा गर्न जाने भनेर सल्लाह भो । शैलेसका बा पनि जमानका दादा थिए । पछि घर व्यवहार पेल्दै गएपछि उनी त्यस्तो काममा लाग्न छोडेका थिए । हाम्रा बा भने उनलाई बडो सम्मान दिएर दाइ भन्ने गर्नुहुन्थ्यो । म शैलेसको घरमा गएर के रहेछ कुरा भनेर बुझ्न गए । शैलेस बिस्तारमा पल्टेर बसिराखेको थियो । ओइ के भयो तेरा बा र मेरा बा त गए त नारन को दाँत फुकाल्न । के भएको भन्त । के हुनी हो रमिलाको बाउ घरमै रहेछ मलाई थाहा थिएन । 

एक वर्षपछि घर आएकी रमिलाको हात समातेर कुरा गरिराखेको थिए । त्यत्तिकैमा उनलाई किस पनि खाइदिए । नारनले माथि छतबाट हेरिरहेको रहेछ । एक्कासी आएर कठालो समातेर मर्नी गरेर हान्यो नि । यि हेर्त डाम । काधँमा नराम्ररी लाएछ । अनि तलाई त्यसकै घरमा त्यस्तो गरेसी बाँकी राख्छ त रमिलाको बाउँले । तलाई रेप केसमा जेल हालिदिन्छु भनेको छ । मलाई लास्ट डर लागेको छ । म के गरम यार । 

यत्तिकैमा बुवाहरु पनि आउनुभयो । शैलेसका बा शैलेससँग केही नभनी आफ्नो कोठामा जानुभयो । बा पनि घरतिर लाग्नुभयो । ल त शैलेस म पनि जान्छु भनेर घरतिर लागे । म आतुर थिए । शैलेसका बाले नारनलाई कुटेकी कुटेनन् भनेर जान्नलाई । घर गएर बालाई सोधे, बा नारनको घरमा के भयो, शैलेसका बाले नारनको दाँत झारिदिनुभयो । 

बा बडो अचम्म मान्दै मेरो अनुहारमा हेर्न थाल्नुभयो । ओइ तेरो लव छ कि छैन । मेरो उत्तर त्यो थिएन । भन्नुन बा के भयो नारनको घरमा । नारनले घम्की दिएको छ भोलि तेरो छोरालाई मेरी छोरीलाई बलात्कार गर्न खोजेको  आरोपमा मुद्धा हालिदिन्छु । शैलेसका बालाई थाहा थियो उनीहरुबिच प्रेम थियो । उनले पनि प्रेम विवाह नै गरेका थिए । तर आफ्नो छोराको त्यो अवस्था देख्न नसकेर उनी मुरमुरिदै नारनका झगडा गर्न गएका थिए । नारनका घरमा आएका मानिसहरुले पनि शैलेसको दोष हो भन्दै फसाद पारे । 

बाले टाउको कन्याउँदे भन्नु भो, दाइले पनि ठुलै चुनौति दिनुभएको छ, तेरी छोरी जोलाई बिहे गरेर दिएनी दे भोलिपल्ट म मेरो घरको बुहारी बनारै छोड्छु । तँ जस्तो मुजीलाई हावा खुवाउन सकिन भने मेरो नाम पनि अष्टधर्म होइन । नारनले पनि तेरो खुपी हेर्छु म पनि भनेको थियो । उनीहरुको विवाद आजको थिएन । बर्षौ पुरानो थियो । शैलेसको खेतमा पानी लाउने पालोमा राति राति नारनले सधै आफ्नो खेतमा पानी सोझ्याउँथ्यो । अति नै असह्य भएपछि शैलेसका बाले एकपटक नराम्रोसँग नारनलाई पिटेका थिए । नारनको गालामा पाँचवटा टाकाको दाग अझै देखिन्छ । 

त्यसैले यि बिच पुरानो दुश्मनी बेलाबेलामा तातिएर आउँथ्यो । अब त छोराछोरी लबमा परेपछि के हुनी हो अड्कल गर्न गाह्रो थियो । यसो घडी हेरेको नौ बज्नै लागेको रहेछ । आमाले सबैलाई खाना खान बोलाउनुभयो । खाना खाएर म बिस्तारामा पल्टिए । एक्कासी मेरो मनमा विहान देखेकी त्यो केटी मनमा खेल्न थाली । 

बिहान भो । उही कलेज जानुको आत्तुरी । जानु नै पर्ने । हतारहतार गरी कलेजका लागि हिडे । आज अकाश देखिएन । बिकल्प थियो बस । भित्र पाइलो हाल्ने ठाउँ थिएन । उही छततिर लागे । छतमा उही पुराना अनुहारहरु थिए । कोही कलेजका लागि त कोही जागिरका लागि । बसमा यात्रुहरु चढ्ने झर्ने क्रम चलिरहेको थियो । यत्तिकैमा कोही ठाउँ छोड्नु त भन्दै माथि छतमा नै आइन् 

। म यसो ठाउँ छोडेर अगाडि जान दिए । हिजोकै नानी रहिछन् । उनी साच्चिै नै प्रशंसा गर्न लाएक्की सुन्दरी थिइन् । गोरो छाला, काला आखाँ ज्यान पनि टम्मक्क मिलेको । मेरो अगाडि आएर बसिन् । अन्तै टाउको फर्काएर । केटाको जात न हो केटी देखेसी झिस्काइहाल्न मन लाग्ने । 

के हो केटी माथि माथि चढ्न थाले त एउटाले भनि हाल्यो । अर्कोले थपिहाल्यो कलियुग लाएको नि अरु के हुनी हो । केटी अलि झोकी स्वभावकी रहिछन् मासाले को हो जे पायो त्यही बोल्ने अगाडि आइज भनिहाली । सबको बोली बन्द भो । उसले मलाई नै घुरेर हेर्न थाली । म मौन थिए । 

अनुहार भरि डर भरिएरको थियो । उ एकोहोरो गाली गर्न थालेकी थिइ । सबै मुलाहरु ट्वा परेर बसेका थिए । बरु उसैकी साथीेले भनी औइ पागल चुप कति बोलेको । 

धरोधर्म यस्तो भट्टे सराप हाल्ने केटी पहिलो पटक मैले देखेको थिए । त्यसै त केटीसँग बोल्न मलाई अत्यन्त डर लाग्थ्यो । उ भटभटाउन छोडेकी थिइन । मलाई आज यो कलेजको बाटो कति लामो लागेको । बल्ल अमरसिंह चोक आइपुगेको थियो । to be continue...

No comments:

Post a Comment