पेटमा बलेको आगोले खाना पकाउन नमिल्ने रहेछ । दुई महिनाभन्दा बढी भयो एक छाक खाना खाएको । मधेशमा जारी आन्दोलनले गर्दा विभिन्न पेशामा आवद्ध मानिसहरुको खाने ठेगानै छैन । सरकारले नि टुमच गरेको छ । न समस्या समाधानतर्फ अग्रसरता देखाउँछ न त मधेशी आन्दोलनलाई सम्बोधन नै गर्छ । आयल निगमसँग विवाद हुँदा अलिअलि भएको इन्धन पनि बाढ्न असफल भएको छ । उता सरकार भने मन्त्रीमण्डल विस्तार गरेको गर्यै छ ।
मधेश आन्दोलन चर्किदै गर्दा राष्टवादको चर्को भाषण छाट्दै हिडेका प्रधानमन्त्रीको राजिनामा मागको ज्वाला बल्न थालेको छ । प्रधानमन्त्रीलाई पनि थाहा छ मन्त्रीमण्डल ठुलो हुँदै जनताको काम फटाफट हुने होइन । सरकारको दिन लम्बाउन पनि उनले यस्तो कदम चालेका हुन् । प्रतिपक्षमा रहेको कांग्रेसको पनि यो नाकाबन्दी विरोध गर्नमा कुनै तदारुकता देखाउन चाहेन ।
भारतसँगको सम्बन्ध तटस्थ राख्न पनि उसले चुप लाएरै बस्यो । अरु खिजिनामजिना पार्टीहरुको त कुरै नगरुम । कोही साइकल चढेर खोक्रो राष्टवाद देखाइ रहेका छन् । असक्षम सरकारको मन्त्रीमण्डल पनि असफल भइसकेता पनि सरकार टिकाउन मन्त्रीमण्डल विस्तारको नाटक गरिरहेको छ ।
जनता मरुन् बाँचुन् सरकारलाई कुनै प्रवाह रहेको छैन । कालोबजारी गर्ने पुर्ण छुट छ । उनीहरुको कालोबजारीलाई सरकारले नै समर्थन गरेको छ । किन नगरोस तनि सरकारले इन्धन उपलब्ध गराउन पनि सक्नुपर्यो नि । विकल्पका लागि पहल त एक बहानमात्र थिए ।
कहिले अफगानिस्तान त कहिले बंगलादेश तर उपलब्धि सुन्य । धन्य सरकार भुकम्प पिडितको नाममा खुलेआम राजनीति गरेको छस् तैपनि लाजैपचाएर भन्छस् भोलिसम्ममा नाका खुल्छ । पेटमा बलेको आगाले तातो दिने भए यो जाडोमा १४ जना भन्दा बढी भुकम्प पिडितले ज्यान गुमाउनु पर्ने थिएन ।