Thursday, July 24, 2014

piece of novel

ओहो सुत्न कति गाह्रो भएको । धेरै थकाइ लागेपछि निन्द्रा पनि भाग्दो रहेछ । कम्ता हो १७ किलोमिटर पो हिडेको । भोलि पनि बस पाइन भने त जान्न । के के सोच्दै थिए झ्याप्पै निदाएछु । भोलि बिहान सबेरै उठ्न सकिएन । आमा बिस्तारामै आएर सिरक फालिदिनु भयो ।
कराउँदै भन्नुभयो,‘ हैन आज तेरो क्याम्पस छैन ।’
मैले केही हसिलो पारामा भने,‘आमा क्याम्पस त कल्ले बोकेर लानिहोर होला नि जहाँको तही ।’
बुवालाई घर नै थर्किने गरी रेडियो नबजाई कत्ति चित्त बुझ्दैन । मलाई भने कत्ति मन पर्दैन । कुरा यति मात्र होइन धेरै मिल्दैन । खाने कुरा देखि लगाउने कुरामासम्म बाउ छोराको कुरा मिल्दैन ।
क्याम्पस जानैपर्छ । यसै पढ्नुपर्छ उसै पढ्नुपर्छ त्यसो भएपछि किन टार्नु ।
ब्याचलर दोस्रो वर्षको भर्खर पढाइ सुरु भएको थियो । क्लास रमाइलो थियो । केटाहरुको कुरै नगरुम् । क्याम्पसमा पढाइ होस नहोस् तर केटाहरुको जम्काभेट भएन भने त्यो दिन नै खोस्टा लाग्ने गथ्र्यो ।
बिस्ताराबाट उठेर एकैचोटि क्याम्पस जाने तयारी हुने गरेका थिए दिनहरु । क्याम्पस जानका लागि धन्न धन्न १५ किलोमिटर पार गर्नुपर्छ ।
बस पाए त राम्रै हो तर चलेको रैन्छ भने बिजोग हुने गथ्र्यो ।
देशमा संक्रमण कालको अवस्था थियो । कहिले तेलको हाहाकार त कहिले बन्दको बन्द ।
बन्दको बेला क्यापम्स पनि बन्द हुन्थ्यो खासै टेन्सन थिएन तर तेलको हाहाकार हुदाँ बस कम चल्ने गर्थे जसले गर्दा ठेलमठेल गर्दै जान आउने गर्नु पथ्र्यो ।
क्याम्पस जानका लागि छोरो तयार भयो । ऐनमा कपाल कस्तो छ भनेर हेर्ने गर्थे तर कपाल कार्ने काम कलेज जान थालेपछि छोडेको थिए ।
१ किलोमिटर हिडेपछि बस स्टेशन पुगिन्थ्यो । बस स्टेशनमा केही छिटो पुगे सिट पाइने थियो नत्र ठडिएको ठडियै गर्नुपथ्र्यो ।
सबैलाई हतार हुन्थ्यो । बस स्टेशनमा कहिल्यै छिटो पुगेको रेकर्ड छैन । भाग्यले साथ दियो भने कहिले काही सिट फेला पथ्र्यो कि त छतमा गइन्थ्यो । प्रहरीहरु पनि सन्का पाराका थिए कहिले छतमा चडेको देखे ओराली दिन्थे त कहिले वास्तै गर्थेनन् । वास्ता नगरे त ठिकै थियो तर सन्किए भने खलेलाई कुरा मिलाउनको आपत पथ्र्यो ।
बाटोमा चिनेका मानिसहरुलाई सोध्ने गर्थे बस चलेको छ कि छैन भनेर । चले ठीकै छ नत्र के को ।
बस चलेको रहेछ । आज कलेज चाडै पुगिएला जस्तो छ । यत्तिकैमा विवेक मोटरसाइकलमा देखियो ।
कराउँदै भन्यो,‘ ओइ मुला यता हेर कता जान लागेको ।’
उसलाई देख्ने बित्तिकै मेरो खुसीको सिमा रहेन । बाइकमा आजको यात्रा हुने भो ।
विवेकको बाइकमा चढ्न त सजिलो तर उसले अघि गरेका दुर्घटना देख्ने हो भने कोही पनि उसको बाइकमा चढ्न रुचाउँदैनन् ।
हस्पिटलको बेडमा त धेरै पटक सुतेको छ यो । तर बाइक चलाउन पनि छोड्दैन र लडाउन पनि छोडेको थिएन ।
उसको जहिले पनि भन्ने गथ्र्यो, “अरु ीहड्दा लड्छन् म मोटरसाइकल चलाउँदा ।”
बाटोमा खासै केही अनौठो दृश्य देखिएको थिएन । उसलाई गफ गर्न निकै मनपथ्र्यो । त्यो पनि केटीको । यो साल कोही भगवान्ले समय लगाएर बनाएका केटीहरु हाम्रो क्याम्पसमा पठाउनु नि । भगवान् आफुलाई चाँहि संसारमा एक चाहिने । कहिलेकाही कुनै मानवजातिको भलो होस् भनेर तथास्तु गर्नु नि ।
मैले झिजो मान्दै भने केटीको होइन बरु बाटाको ख्याल राख । अघिल्लो महिना मेरो नयाँ पायट फाटेको बिर्सिस । बाइक चलाउँन नआउनेले किन चलाउँनु क्या ।
विवेक सन्किदै बोल्यो, ‘हेर त पछाडि बसेको छ मस्त केटीहरुको दर्शन गरेको छ तैपनि खोक्छ मुला ।’
थप्दै भन्यो, ‘त्यति खेर त त्यो केटीले गर्दा पो लडेको । त्यसलाई त्यहाँपछि देखेको पनि छैन भेटुम न अनि देखाइदिन्छु स्कुटर कसरी चलाइन्छ भनेर ओइ मुला त्यो मसित डराएर यो बाटो हिड्नै छाडि क्या हो ।’।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।क्रमश

No comments:

Post a Comment