Thursday, July 24, 2014

modi challenging to emotions

लोक निर्वाचनमा नरेन्द्र मोदी जित्ने कुरामा कुनै शंका थिएन । सर्वे पोलले बारम्बार भारतीय जनता पार्टी अगाडि रहेको बताउँदै आइरहेका थिए । स्वयम भाजपा पनि आश्चर्यमा परेको थियो जब उसले बहुमत ल्यायो । बहुमतको सरकार निर्माण प्रक्रियामा जुटेको भाजपा हाल सरकार गठन प्रक्रियालाई निकै गम्भिरताका साथ लिएको छ । भाजपाबाट नरेन्द्र मोदी संसदीय नेताका रुपमा निर्वाचित भए उनले आफ्ना भावनाहरु रोक्न सकेका थिएनन् । उनलाई संसदिय दलको भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवानीले घोषण गरेका थिए । लालकृष्ण आडवानीले मोदीलाई दयाले जितेको मानिसको संज्ञा दिएका थिए । प्रधानमन्त्री बन्ने तरखरमा रहेका मोदीको बिछिप्तपनले एकपटक सबैको आखाँ भरिएको थियो । निकै भावुक बनेका मोदीले लालकृष्ण आडवानीलाई घुमारो पारामा भनेका थिए,‘मेरी आमापछि अर्को आमा हो भारतआमा आमाको सेवालाई कृपा गरे भन्नु न्यायोतिच हुन्छ जस्तो लाग्दैन ।’ मोदी संसदिय नेता धोषणा भएपछि उनले आधी धण्टा बोलेका थिए । उनले बोलको पाँच कुराहरु निकै महत्बका साथ हेरिएको छ ।
१. आशावादी समय
‘भारतीय जनताहरुमा पहिलो पटक आशाको किरण पलाएको छ । उनीहरुलाई लागेको छ कि अब समस्याको समाधान हुनेछ । सरकार कसको बन्छ भनेर धेरै प्रश्न गरिन्छ । अन्तत सरकार बन्ने गरिब जनताकै कै हो । देशमा रहेका करोडौ युवाहरुको लागि आशाको किरण हो अब बन्ने नयाँ सरकार । हाम्रा आमा छोरी तथा दिदी बहिनीहरुलाई सुरक्षा दिने तथा नयाँ आश हरेक जनतामा जगाउने प्रयास गर्नेछौ । हामीले बनाउने सरकारमा निराशावादी सोचलाई कुनै स्थान दिने छैनौ । निराशावादी सोचले केही प्राप्त गर्न सकिदैन । गरिबहरुको जिवन सुधारमा केन्द्रित रहेर अब बन्ने सरकारले काम गर्नेछ । मोदीले निर्वाचनको प्रचारमा भन्ने गरेका थिए ,‘सबैले मिलेर काम गरे सबैको विकास हुन्छ । सबै भारतीयले एक कदम चाले भने देशमा १२५ करोड पाइला अगाडि देश बढ्नेछ ।’
२. बिजेपीलाई जनादेश, कांग्रेसको विपक्षमा होइन
‘देशमा जनताले बिजेपीलाई मौका दिएको छ । मानिसहरुको बाडिएको बिचार आएको । कतिलाई लागेको छ कांग्रेसप्रति जनता रिसाएर बिजेपीले बहुमत प्राप्त गरेको हो । त्यसो होइन । जनताले चाहेको विकासको आश र भरोस हो । बिजेपीप्रति गरेको आस्था हो । उनीहरले देशमा विकासको लहर चाहेका छन् । यो पुर्ति गर्न म हरेक कदम चाल्न तयार रहेको छु ।
३.  पहिलाका सरकाले दिएको योगदान र अब गरिने कामहरु
बिगतका सरकारले देशमा गरेको योगदानलाई सम्मानजनक रुपमा लिएको छु । हरेक सरकारले केही न केही क्षेत्रमा विकास गरेकै हो । विगत सरकारका लिडरहरुले गरेको योगदानजस्तै हाम्रो सरकारले पनि देशमा परिवर्तनको लहर ल्याउने प्रयास गर्नेछ । म आफ्नो स्थानबाट पुर्ण कोसिस गर्नेछु । अपसोच नगरि पछाडि हेर्ने अवस्था सिर्जना हुनेछैन ।
४. अटल बिहारी बाजपेइको सम्झना
भरतका पुर्व प्रधानमन्त्री ऋटल बिहारी बाजपेइले भारतमा जुन लहर बनाएका थिए आज उनको अनपस्तिति खड्केको महसुस गरेको छु । उनको उपस्थिति भएको भए सुनमा सुगन्ध हुने थियो ।
५. पार्टीलाई गरिएको दया
ललकृष्ण आडवानीले पार्टीलाई दयाको हिसाबले जित मिलेको भनिरहँदा यसको प्रतिउत्तर दिदाँ मोदी भावविभोहल भएका थिए । लालकृष्णले पार्टीको जिम्मेवारी लिएर आफुले ठुलो कृपा गरेको बताएका थिए । मोदीले भनेका थिए,‘भारत आमाको सेवा गर्नु कृपा हो र । सन्तान जहिले पनि आफ्नो माताको सेवाको लागि तयार रहनुपर्छ । पार्टीले कृपा गरेको हो ।’ भारतले अब छिट्टै नै नयाँ प्रधानमन्त्री पाउनेछ । जनातको विश्वासको कदर हुनैपर्छ । 

No comments:

Post a Comment